खाली ट्रकमा आगजनी प्रयास

903056080896_n
लाेकपाटी न्यूज

फागुन ३० । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ बासा राजमार्गमा पार्किङ गरि राखिएको दुई खाली ट्रकमा आगजनीको प्रयास भएको छ ।

राति करीब साढे १ बजे ना ५ ख ७७४१ र ना ४ ख ६८२५ नम्वरका खाली ट्रकमा आगजनीको प्रयास भएको प्रहरीले जनाएको छ। काठमाडौंदेखि धनगढितर्फ छुटेका ट्रक विप्लवको बन्दले गर्दा सरावल गाउँपालिकाको बासामा रोकिएका थिए ।

आगजनी गर्न खोज्दा ट्रकको टायर मात्रै जलेको छ भने मानविय क्षति नभएको प्रहरीले जनाएको छ । विप्लबको बन्दको प्रभाव नवलपरासीमा विहानैदखि परेको छ ।

राजमार्गमा चल्ने लामो छोटो दुरीका सवारी साधन तथा पसलहरुमा समेत बन्दको प्रभाव परेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्