काठमाडौं । वाइसिएल नेपालले आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै नेकपा नेता योगेश भट्टराईले दस वर्षे जनयुद्धले नेपालको जनवादी क्रान्ति पूरा गरेको दावी गरेका छन्।
सहिद तथा बेपत्तालाई स्मरण गर्दै नेता भट्टराईले भने, ‘पार्टी एकता र नेपालको कम्युनिष्ट आन्दोलन एकीकृत रुपमा नेपालको समस्या समाधान र विकास समृद्धिको बाटोमा लाग्न प्रेरित गर्नेसमेत दाबी गरे। उनले यसमा थप्दै उनले भने, ‘कम्युनिष्ट मात्रै नभएर मधेशी समुदाय समेत गोलबद्ध हुन थालेका छन्।’
जनताको जनवादले सामाजिक विभेद हटाउन र समाजवादी कार्यदिशातिर जान सहयोग गर्ने भन्दै केही मान्छेहरु क्रान्तिको नाममा भ्रम छर्न लागेको भन्दै विप्लवलाई इंगित गर्दै यस्ता क्रान्तिको आवश्यकता नरहेको ठोकुवा गरेका छन्।
जनताको विश्वास र समर्थन कामय गर्ने चुनौति नेकपासँग खडा रहेको भन्दै उनले क्रान्तिका उकाली ओराली पार गर्न दृढ भएर अगाडि बढ्ने प्रतिबद्धता समेत जाहेर गरेका छन्।



लाेकपाटी न्यूज

