सिके राउतले बोलाए बैठक

CK raut
लाेकपाटी न्यूज

जनकपुर, ३० फागुन। स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतले जनकपुरमा चैत ४ र ५ गते राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।

चैत ४ र ५ गते हुने स्वतन्त्र मधेश गठबन्धनको बैठकमा ११ बुदेको अनुमोदन र समीक्षा हुनुका साथै अगामी रणनीतिको बारेमा छलफल हुने गठबन्धनका कोष संयोजक दिपक शाहले बताए ।

राष्ट्रिय परिषद्को बैठकमा मधेशका २२ ओटै जिल्लाका जनप्रतिनिधिको सहभागिता रहने छ। सरकारसँग ११ बुंदे सम्झौता गरेको राउत समूहका पछिल्ला गतिविधिको आलोचना हुँदै आएको छ।

राउतले राष्ट्रिय परिषदको बैठकबाट ११ बुंदे सहमति अनुमोदन गराउने र मुलधारको राजनीतिमा आउने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्