बालिका यौन दुर्व्यवहारको आरोपमा मुद्धा

Rape-01
लाेकपाटी न्यूज

पश्चिम नवलपरासी, २९ फागुन । बालिका यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका पाल्हीनन्दन प्याथोलोजीका सञ्चालक अम्बृश गुप्तालाई मुद्धा चलाइएको छ ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ लोहरौलीमा प्याथोलोजी सञ्चालन गर्दै आएका रामग्राम–९ निवासी २४ वर्षका अम्बृश गुप्ताले एक्सरे गर्ने बहानामा १५ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

आरोपित गुप्तालाई पक्राउ गरी बाल यौन दुव्र्यहार अन्र्तगत मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । बाल यौन दुर्व्यवहार गरेको अभियोग प्रमाणित भएमा तीन वर्ष सम्म जेल सजाय वा तीस हजार जरिवाना भुक्तानी गर्नुपर्ने मुलुकी ऐनमा उल्लेख छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्