काठमाडौं, २९ फागुन । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधव नेपालले मंगलबार साँझ सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने विषयमा पार्टीभित्र कुनै पनि छलफल नभएकोे बताएका छन् ।
सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेकोबारे फरक–फरक प्रतिक्रिया आइरहँदा नेपालले छलफल बिना गरिएका निर्णय ठीक नहुने बताएका हुन् ।
पार्टीभित्र बिना छलफल नै नगरी निर्णय लिने चलन ठिक नभएको नेता नेपाल बताउँछन् । राष्ट्रिय मुद्दा रहेको हुँदा बिना छलफल निर्णय गरिनुको तुक नभएको उनको बुझाइ छ ।
प्रचारात्मक कुराहरुमा जाने प्रवृत्ति देखिएको बताउँदै नेपालले छलफल गरिनुपर्नेमा जोड दिए । राम्रो तयारी गरेर छलफल गरेर कदम चाल्नुपर्नेमा ओलीले अपरिपक्व कदम उठाएकोप्रति उनको आपत्ति छ ।
उनले छलफल नै नभएको विषयलाई सिंगो पार्टीले जिम्मा लिन नसकिने र प्रधानमन्त्रीको पनि पार्टीले कुनै जिम्मा लिन नसक्ने भएको बताएका छन् ।



लाेकपाटी न्यूज

