एजेन्सी, २९ फागुन । भारतको उत्तर प्रदेशस्थित कानपूर जिल्लामा एउटा अनौठो घटना घटेको छ । विवाहको दिन अधबैंसे दुलहालाई देखेपछि दुलहीले विवाह गर्न अस्विकार गरेकी छन् । भारतीय मिडियाकाअनुसार दुलहीले दुलहातर्फ माला फ्याँक्दै चिच्याउँदै भनिन्, ‘ममाथि धोका भएको छ ।’
स्रोतकाअनुसार दुलहीको यस्तो व्यवहार देखेपछि त्यहाँ उपस्थित पाहुना, जन्ती अचम्मित भए । त्यतिबेला आमाले छोरीलाई विवाहका लागि ठूलो दबाब दिइन् तर उनले मानिनन् । रिपोर्टका अनुसार निकै सम्झाएपछि पनि जब छोरी मानिन् तब दुलहीकी आमा नै दुलहासँग आगरा गइन् ।
भारतीय मिडियाकाअनुसार १७ वर्षीया दुलहीले यसै वर्ष १२ कक्षाको परीक्षा दिएकी छिन् । ती युवतीकी आमाले आगरामा बस्ने आफ्नी काकीकी नन्दका छोरासँग उनको सम्बन्ध तय गरेकी थिइन् । मार्च १० तारिखको बेलुकी दुलाहा आगराबाट दुलहीको घर पुगेका थिए । जब दुहली वरमाला लिएर स्टेजमा पुगिन् तब दुलहालाई देखेर भड्किइन् । ती युवतीले आफूमाथि धोका भएको भन्दै चिच्याउन थालिन् ।
जब परिवारले के कारणले विवाह गर्न नखोजेको भनेर सोधे तब उनले ‘जस्तो सुकै स्थिती भएपनि म यो बुढासँग विवाह गर्दिनँ’ भन्दै रुन थालिन् । दुलहीले विवाह अघि जुन केटाको तस्बिर देखाइएको थियो त्यो उनी नभएको पनि बताइन् ।
भोलिपल्ट बिहान, जे भयो त्यो थप चकित पारिदिने किसिमको थियो । जब छोरीलाई विवाहका लागि आमाले मनाउन सकिनन् तब उनले सबैलाई छोडेर आफैं दुलहासँग आगरा गइन् । बेहुलीका अनुसार तीन वर्ष अघि उनको पिताको मृत्यु भएको थियो । अहिले उनका एक बहिनी र एक भाइ छन् ।



लाेकपाटी न्यूज

