काठमाडौं २९ फागुन । नेत्रविक्रम चन्द विप्लवको पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको विरुद्धमा नायिका रेखा थापाले विरोध गरेकी छन् ।
अभिनेत्री थापाले सरकारको यस्तो निर्णयबाट देशमा द्वन्द्व निम्तिने बताउँदै सरकारले देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएकी छन् । उनले त्यसप्रति आक्रोश समेत पोखेकी छन् । सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नायिका थापाले सरकारको निर्णयप्रति आक्रोश व्यक्त गरेकी छन् ।
सरकारले विप्लव नेकपालाई लगाएको प्रतिबन्ध र सीके राउतसँग गरेको सहमतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारले गर्न नहेने काम गरेको आरोप लगाएकी छन् । सरकारले यी दुई काम गरेर मुलुकमा जबर्जस्ती युद्ध थोपर्न खोजेको अभिनेत्री थापाको आरोप छ । साथै उनले विप्लव समूहलाई देशभक्तको उपमा समेत दिएकी छन् ।
फेसबुकमा स्टाटस लेख्दै थापाले भनेकी छन्, ‘यो सरकार कसले चलाएको छ ? जबर्जस्ती युद्ध थोपर्न पो थाल्यो । देशभक्त विप्लवमाथि प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो ? प्रतिवाद हुने निश्चित छ ।’



लाेकपाटी न्यूज

