राष्ट्रियतामा कसैसँग सम्झौता हुँदैन : राज्यमन्त्री चौधरी

ramkumari_chaudhari
लाेकपाटी न्यूज

सुनसरी। कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले राजनीतिक परिवर्तनको निम्ति बलिदान गर्ने सहिद र बेपत्ताहरुको सपना अहिलेको सरकारले पूरा गर्ने बताएकी छिन्।

इटहरीस्थित वाइसीएल सुनसरी मोरङद्वारा आयोजित सहिद तथा बेपत्ता परिवार विशेष अभिनन्दन कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नेपाल सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र देश भएकाले भौगोलिक अखण्डतामा आँच आउने गरी कसैसँग कुनै किसिमको सम्झौता नेपाल सरकारले नगरेको बताएकी छिन्।

तराई मधेस नेपालभित्रकै एउटा भू–भाग हो। म त्यहीँ ठाउँको जनप्रतिनिधि पनि हुँ। त्यहाँका जनताले नेपालको नयाँ संविधानलाई स्वीकार्दै निर्वाचनबाट आफ्नो अभिमत जाहेर गरिसकेको हुनाले अब संघीय प्रतिनिधि सभा र सरकारले गरेको कुरा नै सही हुन्छ, यसमा कसैले भ्रम नपालौं’ मन्त्री चौधरीले भनिन्।

कृषि क्षेत्रको समग्र विकासको योजनासहित यस वर्ष हजारौं युवाहरुलाई कृषिमा रोजगारी दिने गरी योजना बनिरहेको चौधरीले बताइन्। तीनै तहका सरकारहरुको शक्ति विन्यास, विभिन्न कानूनहरुको निर्माण भइसकेको र केही हुने क्रममा भएको हुनाले अबको आर्थिक वर्षबाट विकासमा लाग्ने योजना रहेको मन्त्री चौधरीले जानकारी दिएकी छिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्