विप्लव समूहमाथि प्रतिबन्ध लगाउने मन्त्रीपरिषदको निर्णय

cabinet
लाेकपाटी न्यूज

काठमाडौं, २८ फागुन। सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो। विप्लव समूहले आपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम बिस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ।

मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको सरकारी स्रोतले बतायो। मंगलबार बसेको बैठकमा विप्लवका गतिविधिबारे समीक्षा भएको थियो।

केही दिन अघि सिके राउतसँग गरिएको सम्झौता सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव माओवादीलाई लुटेरा समूहको संज्ञा दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्