‘सिके राउतसँगकाे सहमति परिमार्जन हुन सक्छ’ : प्रचण्ड

Prachanda_1
लाेकपाटी न्यूज

काठमाडौं, २८ फागुन । नेपाल कम्युनिष्ट पाटी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीके राउतसँग सरकारले गरेको सहमतिपछि देखिएका विवादहरु समाधान गर्ने कसरतमा आफू रहेको बताएका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले पार्टीभित्र यो विषयमा छलफल गरेर समाधान निकालिने बताए ।

सीके राउत र सरकारबीच भएको ११ बुँदे सहमतिबारे पार्टीभित्रैबाट विरोध भइरहेका बेला प्रचण्डले यस्तो बताएका हुन् । ‘जुन जुन कुरामा विवाद छ त्यसमा छलफल गरेरै समाधान निकाल्ने हो साथीहरुले बाहिर धेरै नबोल्दा नै राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ’, प्रचण्डले भने ।

सिके राउत समूहलाई आफ्नो कार्यकर्तालाई सम्झाउन केही समय लागेको हुनसक्ने भन्दै सहमति कार्यान्वयनबारे हतार गर्न जरुरी नभएको बताए ।

नेकपाका नेता माधवकुमार नेपाल, भीम रावल लगायतले उक्त सहमतिको सार्वजनिक रुपमै विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्