‘वाइड बडी सम्बन्धमा छानबिन हुनुपर्छ’ : शेरबहादुर देउवा

Sher Bahadur Deuba
लाेकपाटी न्यूज

पोखरा, २८ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने पनि बताए ।

सभापति देउवाले सिके राउतसँग सरकारले गरेको सम्झौताप्रति आपत्ति जनाएका छन् । फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि अङ्कुशलगाउन खोजेको समेत सभापति देउवाको आरोप थियो ।

उनले प्रजातन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक भएको बताउँदै वर्तमान सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको आरोप लगाए । प्रजातन्त्रका विरुद्ध हुने जुनसुकै गतिविधि काङ्ग्रेसलाई सैह्य नहुने सभापति देउवाको भनाइ थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्