काठमाडौं, २७ फागुन । पूर्व गृहमन्त्री तथा नेकपाका नेता जनार्दन शर्माले सरकारले सीके राउतका के–के माग स्वीकार गरेको भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकमा उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रश्न गर्दै सहमति घोषणा कार्यक्रममा सीके राउतले सरकारले आफ्ना माग स्वीकारेको बताएको स्मरण गराए ।
संसद बैठकमा उनले भने, ‘सीके राउतले आफ्ना माग सरकारले स्वीकार गरेको भनेपछि प्रश्न उठेका हुन् । सरकारले त्यहीँनिर खण्डन गरेको भए प्रश्न उठ्दैन्थ्यो । समस्या समाधान नभएपछि प्रश्न उठेका हुन् । सीके राउतले त्यहाँ सरकारले माग स्वीकार गरेको भनेका छन् । के थियो उनको माग ? सरकारबाट के माग स्वीकार गरियो ? जनअभिमत भन्दा निर्वाचन मात्रै भन्ने अर्थ कहाँ लाग्छ ?’



लाेकपाटी न्यूज

