ट्राफिकको प्रोत्साहन भत्ता बढाउन मन्त्रालयको प्रस्ताव

ट्राफिक01
लाेकपाटी न्यूज

काठमाडौं, २६ फागुन । गृह मन्त्रालयले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता बढाउने प्रस्ताव गरेको छ । मन्त्रीस्तरीय निर्णय गरी मन्त्रालयले प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको हो ।

ट्राफिक प्रहरीको जोखिम तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्तासम्बन्धी निर्देशका–२०७५ अनुसार काठमाडौं उपत्यकामा कार्यरत प्रहरी उपरीक्षकभन्दा तल्लो तहका ट्राफिक प्रहरीले २० देखि ३५ प्रतिशतसम्म भत्ता पाउने सो प्रस्तावमा उल्लेख छ ।

हाल उपत्यकामा करिब १४ सय ट्राफिक प्रहरी कार्यरत रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्