प्रचण्डपछि ताताेपानी कुण्डमा देउवाकाे स्नान

Sher-Bahadur-Deuba
लाेकपाटी न्यूज

बेनी, २५ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता बिहीबार म्याग्दी पुगेका छन् ।

सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवासहित काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा त्यहाँ पुगेका हुन् ।

हेलिकप्टरमार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा पुगेका सभापति देउवासहितको टोलीले तातोपानी कुण्डको अवलोकन भम्रण गरेको छ । नेताहरुले कुण्डको अवलोकनसँगै स्नानसमेत गरेका छन् ।

उच्च पदस्थ व्यक्तिको तातोपानी क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पु–याएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए । तातोपानीमा नेताहरुलाई कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले कुण्डको अवस्था र महत्वका बारेमा जानकारी गराएका थिए ।

उनीहरुलाई कुण्ड व्यवस्थापन समिति र स्थानीयवासीले स्वागत समेत गरेका थिए । उद्घाटन गरिने भवन सङ्गम चोकमा ५१ लाख ३७ हजार ७५० मा जग्गा खरीद गरी २९ लाख ५९ हजार ४२५ लगानीमा निमार्ण गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्