काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सिके राउतसँगको सहमति शङ्कास्पद भएको बताएका छन् । उनले पृथकतावादी आन्दोलनमा लागेका सिके राउतसँग सरकारले अपारदर्शी रूपमै सम्झौता गरेको बताउँदै सहमतिमा शङ्का उब्जिएको टिप्पणि गरेका हुन् ।
आज राजधानीमा काठमाडाैं नेस्नल स्कुल ले आयोजना गरेको कार्यक्रममा संचारकर्मीहरुको जिज्ञासामा नेता सिंहले कांग्रेस नेतृत्वमा जारी भएको संविधान मान्छु भनेर राउत आउनु राम्रो भएपनि सम्झौताबारे संसदमा रहेका दलहरूलाई गुपचुप राखिएकोमा असन्तुष्टि जनाए । शुक्रबार सिके राउतसँग भएको सम्झौतालाई लिएर नेकपाभित्रै मतभेद देखिएको भन्दै नेता सिंहले सहमतिको बारेमा भविष्यमा गतिविधि हेरेर मात्र भन्न सकिने बताए ।
उनले सम्झौतामा उल्लेख भाषा त्रुटिपुर्ण रहेको भन्दै नेकपाभित्रै विवाद शुरू भएको पनि बताए । सम्झौता गर्दा संसदका दलहरूलाई थाहै नदिनुले सहमतिमा केही शंका उत्पन्न भएको उनको भनाइ थियो ।



लाेकपाटी न्यूज

