रौतहट, २५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश–२ मा आज पहिलो आमसभा गर्दैछ। पार्टी एकता भएपछि पहिलो पटक गर्न लागिएको आमसभाको सम्पूर्ण तयारी पूरा भएको छ।
सदरमुकाम गौरबाट १५ किलोमटर उत्तर र पूर्वपश्चिम राजमार्गको करिब २५ किमि दक्षिणमा पर्ने गरुडामा आमसभा हुन लागेको हो। दिउँसो १२ बजेपछि शुरु हुने आम सभालाई सम्वोधन गर्न पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत प्रदेशस्तरका नेता मधेश पुगेका छन्।
पार्टीका दुवै अध्यक्ष आउने भएका कारण आमसभा स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको आमसभा आयोजक नेकपा प्रदेश–२ कमिटीका अध्यक्ष प्रभु साहले जानकारी दिए। सहभागीलाई बस्नसमेत व्यवस्था गरिएको छ। जिल्लाका अलावा काठमाडौंबाट पनि ठूलो संख्यामा सुरक्षाकर्मी यहाँ तैनाथ गरिएको छ।
सुरक्षाका लागि रुखमा सीसी क्यामेरा जडान गरिएको छ। शुक्रबार दिउँसो पृथकतावादी आन्दोलनको नेतृत्व गरेका सिके राउत राजनीतिक मुलधारमा आएपछि आमसभाको आयोजना गरिएको छ।



लाेकपाटी न्यूज

