भारतीय वायु सेनाको विमान दुर्घटना

aeroplane
लाेकपाटी न्यूज

नयाँ दिल्ली, २४ फागुन । शुक्रबार भारतीय वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको छ । भारत दिल्लीमा मिग २१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको हो ।

भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् । भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ । विमान दुर्घटना भएपनि चालकले भने सफलतापूर्वक अवतरण गरेको बताइएको छ ।

दुर्घटनाको अनुसन्धान भइरहेकोले थप विवरण आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्