काठमाडौँ, २४ फागुन । सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच शुक्रबार भएको ११ बुँदे सहमतिको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पनि स्वागत गरेको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दैै गठबन्धनका सीके राउतको रुपान्तरण र सरकारसँगको सम्झौताको स्वागत गरेका हुन्। शुक्रबार सरकार र सिके राउतको मधेश गठबन्धनबीच ११ बुंदे सहमति भएपछि नेपाली कांग्रेसले त्यसको स्वागत गरेको हो ।
प्रवक्ता शर्माको ट्विटमा भनिएको छ– ‘सिके राउतको रुपान्तरण र सम्झौतालाई हार्दिक स्वागतः नेपालको अखण्डताको जगमा आन्तरिक विमतिहरुको शान्तिपूर्ण हल खोज्ने राष्ट्रिय प्रयत्न जायज । अनेक रंगको अतिवादबाट विगतदेखिनै क्रमशः मुक्ति हासिल गरिरहेको देशलाई ‘सबैको र समृद्ध’ बनाउने तीन मन्त्र अहिंसा, सद्भाव र सहकार्य।’

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय सभागृहमा गृहमन्त्री भएको कार्यक्रममा रामबहादुर थापा र सीके राउतबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो। सहमतिसँगै राउतको स्वतन्त्र मधेश गठबन्धन विघटन भएको छ ।

लाेकपाटी न्यूज