नेपालको एक इञ्च जमिन छोड्दैनौं : प्रधानमन्त्री

Kp sharma oli PM
लाेकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राष्ट्रियता र सार्वभौमसत्तामा कुनै पनि सम्झौता नहुने बताएका छन्।

सिके राउतसँग ११ बुंदे सहमति भएपछि आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘हाम्रा लागि देश सबैभन्दा ठूलो कुरा हो। हाम्रो स्वाधीनता ठूलो कुरा हो, सार्वभौमसत्ता ठूलो कुरा हो। अखण्डता ठूलो कुरा हो। हामीले यसमा सम्झौता गर्दैनौं। देशको एक इञ्च जमिन पनि छोड्दैनौं।’

प्रधानमन्त्रीले राष्ट्रिय एकता र सार्वभौमसत्तामा सम्झौता नहुने पनि स्पष्ट पारे। उनले भने, ‘देश टुक्राउने शर्त हामीलाई मान्य छैन। अब सिके राउतले पनि यो एजेण्डा छोड्नुभएको छ। देश बिभाजन गर्ने कुरा कसैले पनि कल्पना नगरौं। अब फेरि अत्तो थाप्नेतिर नसोचौं। अब देशले त्यो धान्दैन।’

सरकार लचिलो भएर अघि बढ्ने प्रधानमन्त्रीले बताए। उनले भने, ‘हामी विकासमा केन्द्रित हुन चाहन्छौं। विकासका काम गर्न चाहन्छौं। जनताका आकांक्षा पूरा गर्न चाहन्छौं। आउनुस् हामी सबै यतातिर लागौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्