काठमाडौं। स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउतले आफूले तीन करोड नेपालीको खुसी लिएर मुलधारको राजनीतिमा आएको बताएका छन्।
‘२०६९ साल जेठ ८ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलन गरेका थियौं। हाम्रो आन्दोलन कता जाला ? के होला ? कुन मोड लेला ? भन्ने चिन्तामा थियौं। सरकार पनि त्यही चिन्तामा थियो। त्यसको आज हामीले सुरक्षित अवतरण खोजेका छौं’ राउतले भने।
‘हामी बुद्धका सन्तान हौं। अहिंसा हाम्रो भाव हो, त्यो हाम्रो कणकणमा छ। हामी बुद्धको बाटो पछ्याएका छौं’ राउतले भने, ‘हामीले शान्तिपूर्ण आन्दोलन नै गरेका थियौं। हामीले बुद्ध र गान्धिको बाटो लिएका थियौं। हामी संविधानविरुद्ध भए पनि हिंसाको पक्षमा थिएनौं र छैनौं।’
‘हाम्रा कार्यकर्ताले मुद्दा बेहोर्नुपर्यो। हाम्रा कार्यकर्ताले दुख पाए। म आफैले २ दर्जनभन्दा बढी मुद्दा खेपे। मोरङमा मेरो खुट्टा पनि भाँचियो’ राउतले भने, ‘हाम्रा सबै कार्यकर्ताले दुख पाए। यति हुँदाहुँदै पनि शान्तिपूर्ण बाटो हामीले कहिल्यै छोडेनौं, यो ठूलो सन्देश हो।’



लाेकपाटी न्यूज

