मूलधारमा आउने निर्णय स्वागतयोग्य : नारायणकाजी श्रेष्ठ

Narayankaji-Shrestha
लाेकपाटी न्यूज

काठमाण्डौं, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ ।शुक्रबार दिउँसो बसेको नेकपा सचिवालय बैठकमा सिके राउतलाई पार्टीमा प्रवेश गराउने विषयमा छलफल गरिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा करिब दुई घण्टा सिके राउतकै विषयमा विभिन्न कोणबाट छलफल भएको नेकपा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सिके राउत पृथकतावादी आन्दोलन छोडेर मूल धारको राजनीतिमा आउँछु भन्ने स्वागत योग्य विचार रहेको श्रेष्ठले बताए । उनले भने ‘जसरी सिके राउत मूल धारमा आउँदैछन्, तर सरकारले सम्झौत गर्दा राष्ट्र, राष्ट्रियता र जनतालाई ख्यालगरेर सम्झौत गरिनु पर्छ ।’

तराईमा पृथकतावादी गतिविधिमा लागेका राउत समूहले ‘राजनीतिक मूलधारमा आउने सहमतिको घोषणा’ कार्यक्रम राष्ट्रिय सभागृहमा केहीबेरमा सुरु हुँदैछ । राष्ट्रिय सभागृहबाट अध्यक्ष ओली र प्रचण्डसंगै सिके राउतले समेतले सम्बोधन गर्ने प्रचण्डको सचिवालयले जनाएको छ । नेकपाका अध्यक्षद्वयसहित शीर्ष नेता राष्ट्रिय सभागृह जाँदैछन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्