काठमाडौं। रिपोर्टर्स् क्लबमा बोल्दै महिला अधिकारकर्मी तथा नयाँ शक्ति पार्टीकी सह–संयोजक दुर्गा सोवले नेपालमा अझै पनि पुरुष र महिला समान हुन नसकेकोमा चिन्ता व्यक्त गरेकी छिन्।
उनले पछिल्लो एक दशकमा राजनीतिक रुपमा महिलाले फड्को मारे पनि पर्याप्त नभएको बताएकी हुन् । सुदूरपश्चिम प्रदेशमा छाउपडी र मधेशमा दाइजो जस्ता कुप्रथाको अन्त्य हुन नसक्दा महिला हिंसा कायमै रहेको उनको भनाइ थियो।
नेपालमा महिला अधिकारकर्मीहरु आफू आवद्ध दलको आवश्यकतामा मात्रै आन्दोलन र सङ्घर्षमा उत्रिने गरेको सोवको आरोप छ। स्वार्थकेन्द्रित आन्दोलनका कारण महिलाको हक अधिकार अझै पनि सुनिश्चित हुन नसकेको उनको तर्क थियो।
उनले निर्मला पन्तको बलात्कारी अझै पनि पत्ता लाग्न नसकेकोमा असन्तुष्टी व्यक्त गरेकी छिन्। उनले हत्यारा पत्ता लागिसके पनि सरकारले सार्वजनिक गर्न नचाहेको हो कि आशंकासमेत व्यक्त गरिन्।



लाेकपाटी न्यूज

