सिके राउतले देश टुक्राउने एजेण्डा छोड्ने, भोलि मधेशमा सभा

CK raut
लाेकपाटी न्यूज

काठमाडौं २४ फागुन। पृथकतावादी आन्दोलनको नेतृतव गरिरहेका सिके राउतले आफ्नो एजेण्डा परित्याग गर्ने भएका छन्। स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका हुन्।

सरकारसँग भित्रभित्रै वार्ता गरेका सिके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन्। राउत बिहीवार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।

अपरान्ह १ बजे राष्ट्रिय सभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका छन्। स्रोतका अनुसार राउतको स्वतन्त्र मधेस गठनबन्धनसमेत आजैबाट विघटन हुनेछ ।

तर, सिके राउत तत्काल नेकपामा प्रवेश गर्ने कार्यक्रम भने नरहेको राउत निकट स्रोतले बतायो । यसै कुरालाई ध्यान दिएर फागुन २५ गते मधेशमा सभाको आयोजना गरिएको छ।

उक्त सभामा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले सम्बोधन गर्नेछन्। उक्त जनसभामा नेकपाको नेताहरुले मधेशप्रति पार्टीको दृष्टिकोण प्रष्टाउने स्रोतले बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्