दुई वडा अध्यक्षबीच भयाे बोर्ड बैठकमै कुटाकुट

fighting
लाेकपाटी न्यूज

पर्सा, २४ फागुन । पर्साको पोखरिया नगरपालिकाको वोर्ड बैठकमा दुई जनप्रतिनिधिबीचमा हानाहान भएको छ । पोखरिया नगरपालिकाका दुई बोर्ड सदस्य एवम् दुईवटा वडाका अध्यक्षकाबीचमा कुटाकुट नै भएको हो ।

पोखरीया नगरपालिकाको ६ का अध्यक्ष सियानन्द चौहान र ४ का अध्यक्ष लक्ष्मण साह कानुबीच कुटाकुट भएको हो । वडामा नगरपालिकाले समानुपातिक रुपमा विकासको वजेट बाडफाँड नगरेको भन्दै वडा अध्यक्षहरुबीच लामो समय सम्म वादविवाद हुँदै आएको र बिहीबार नगरपालिकाको वोर्ड वैठकमै दुई अध्यक्षबीच हात हालाहाल भएको छ ।

घटनाका सम्बन्धमा पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले बोर्ड वैठकमा स्मार्ट सिटीका बारेमा छलफल भइरहेको अवस्थामा विवाद उत्पन्न भएको बताए । दुई वडा अध्यक्षबीचको कुटाकुटले बोर्ड बैठक केही बेर स्थगित समेत भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्