काठमाडौं, २४ फागुन। धेरैजसो मोटरसाइकल दुर्घटनामा पछाडि सवार यात्रुहरुको ज्यान जाने गरेको छ। दुर्घटनाको क्रममा शरीरकै संवेदनशिल मानिने टाउकोमा चोट पुगेर अधिकांशले ज्यान गुमाउने गरेका छन्।
त्यससम्बन्धि प्रधानमन्त्री तथा मन्त्री परिषदको हेल्लो सरकारमा परेको उजुरीको सम्बन्धमा सरोकारवाला निकायसँग समन्वय गरी मोटरसाइकल चालक र पछाडि सवारले पनि हेल्मेट प्रयोग गर्ने व्यवस्था मिलाउन भन्दै पत्राचार गरिएको हो।
पछाडि बसेर यात्रा गर्नेहरुले पनि हेल्मेट लगाउनाले मृत्युको जोखिम कम हुने भन्दै जिल्ला ट्राफिक कार्यालयले जिल्ला प्रशासन कार्यालय पत्राचार गरेको छ। प्रहरी प्रधान कार्यालय कार्य विभाग राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयबाट प्राप्त भएको तालुकको आधारमा जिल्ला ट्राफिक कार्यलयले जिल्ला प्रशासन कार्यालय चितवनलाई बोधार्थ गराएको हो।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा पनि मोटरसाइकल चालक र पछाडि सवारले हेल्मेट प्रयोग गर्नुपर्ने प्रावधान गरेको हुँदा ट्राफिक कार्यालयले प्रक्रिया अघि बढाएको हो।



लाेकपाटी न्यूज

