काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले राज्यद्रोहको मुद्दा खेपिरहेका सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको संयुक्त इजलासले साधारण तारेखमा रिहा राखेर अनुसन्धान गर्न भनेको हो ।
यसअघि जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
राउत मधेशी अभियन्ता हुन् । देश टुक्राउनुपर्छ भन्ने प्रशिक्षण अगाडि बढाएकाले गृह मन्त्रालयले उनको गतिविधिमाथि निगरानीमा राखेको थियो । पछिल्लो समय उनले कार्यकर्ता प्रशिक्षणमा सशस्त्र विद्रोहको एजेन्डालाई प्राथमिकता दिँदै सोहीअनुसारको प्रशिक्षण दिन थालेको बुझिएपछि उनलाई राज्यद्रोहको मुद्दा लगाएर थुनामा राखिएको थियो ।



लाेकपाटी न्यूज

