‘पालिकास्तरको नक्सा छिट्टै प्रकाशन गर्छौं’ : मन्त्री अर्याल

Padma Aryal-12
लाेकपाटी न्यूज

काठमाडौं, २३ फागुन । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पालिकास्तरको नक्सा छिट्टै प्रकाशन गर्ने बताएकी छिन् ।

उनले नेपालको संघीय संरचना बमोजिम आधिकारिक प्रशासनिक नक्सा सार्वजनिक गर्दै यसअघि नै संघीय संरचनाअनुसारको नक्सा प्रकाशन गर्ने तयारी भएपनि प्रदेशहरूको नामाकरण सकिएपछि गरौं भनेर लागेका कारण ढिलाइ भएको बताइन् ।

नापी विभागका उप महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा नक्सा निर्माण तयार गर्न गठित समितिले नक्सा तयार गरी सरकारलाई बुझाएको हो । अहिलेसम्म पुरानै नक्सा प्रयोग गर्दै आएको बताउँदै मन्त्री अर्यालले त्यसबारे केही प्रश्नहरू उठ्दै आएकाले यसअघि नै संघीय संरचनाअनुसारको नक्सा ल्याउन नापी विभागलाई निर्देशन गरिसकेको बताइन् ।

बजारमा धेरैखाले नक्सा पाइएकाले ढिलो गर्दा ठिक हुदैन भन्ने मान्यताले अहिले नै नक्सा सार्वजनिक गरिएको उउनको भनाइ छ । ‘अहिले यो नक्सा सार्वजनिक गरेका छौँ । अब छिटो गरेर ७७ जिल्ला, ७ प्रदेश र ७ सय ५३ वटै पालिकास्तरको नक्सा बनाएर तल हस्तान्तरण गर्ने अभियानमा अगाडी बढ्नेछौँ’, मन्त्री अर्यालले भनिन्, ‘केही प्राविधिक समस्याले गर्दा ७ सय ५३ पालिकाको नामसहित प्रकाशन गर्न सकेका छैनौं । अब यसलाई पनि छिट्टै प्रकाशन गर्ने तयारीमा छाैं ।’

सार्वजनिक गरिएको नक्सा तत्काल सिंहदरबारभित्रका सबै मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयमा पुर्यारउने र त्यसपछि प्रदेशस्तर र ७ सय ५३ पालिकामै आधिकारिक नक्सा पुर्याुउने मन्त्री अर्यालले बताइन् । त्यसपछि क्रमशः जनस्तरसम्म पुर्यारउन बजारका पुस्तक भण्डारहरू, पसलहरूमा नेपालको आधिकारित नक्सा पठाइने उनको भनाइ छ ।

मन्त्री अर्यालले अहिलेको नयाँ संरचनाअनुसारको आधिकारित प्रशासनिक नक्सा जनस्तरसम्म पुर्यानउनका निम्ती सहयोग गर्न सबैलाई आग्रह समेत गरिन् । ‘धेरै अनाधिकृत नक्सालाई बिस्तापित गरेर आधिकारिक नक्सा प्रयोग बढाउने हिसाबले मन्त्रालय र नापी विभाग अगाडी बढ्नेछ’, उनले भनिन्, ‘नक्सासँग जोडिएका अन्यौलतालाई हामीले चिर्न सफल हुनेछाैं । विभिन्न खालका नक्सा प्रयोगमा आउँदा कहिले कुन भूभाग छुटेको र कहिले कुन विभाग छुट्ने अवस्था अब आधिकारित नक्सा आएपछि हट्ने विश्वास छ ।’

अर्को प्रसंगमा मन्त्री अर्यालले मन्त्रालयले कानुन निर्माणको पाटोलाई टुंग्याएको भन्दै भूमीलाई व्यवस्थित गर्ने सन्दर्भमा एक्सन प्लानका साथ अब अगाडी बढ्ने बताइन् । भू उपयोग ऐन संसदमा अन्तिम चरणमा भएको भन्दै उनले ऐनले मूलतः जमिनको वर्गीकरण जमिनको उपयोगका आधारमा हुनुपर्छ भन्ने मान्यता बोकेको जानकारी दिइन् । ऐनले विगतमा गरिएको चार प्रकारको जमिनको वर्गीकरणलाई विस्थापित गरी ९ प्रकारका वर्गीकरण गरिने बताइन् ।

उनले कृषि, आवास, औद्योगिक क्षेत्र, पुरातात्विक क्षेत्र, पर्यटन लगायतका क्षेत्र गरी जमिनको गुण हेरेर त्यसको आधारमा उपयोग गर्ने र उपयोगको आधारमा नामाकरण गरिने जानकारी दिइन् । अब उपयोगका आधारमा जमिनको वर्गीकरण गरिने भन्दै मन्त्री अर्यालले खेतियोग्य जमिन बाँझो राखेर समृद्धि नआउने बताइन् । ‘सुखी नेपाली समृद्ध नेपाल’ जमिनहरू बाँझो राखेर नहुने भन्दै उनले अहिले अव्यवस्थित भएका जमिन प्रयोग गर्ने, कृषियोग्य जनिमको अधिकतम् प्रयोग गर्नेगरी अगाडी बढ्नुपर्ने आवश्यकता औंल्याइन् ।

‘जनतालाई कृषियोग्य जमिनमा खेती गर्नका निम्ती उहाँहरूलाई प्रयोग गरी प्रविधिको प्रयोगबाट कृषिलाई अगाडी बढाइनेछ, ’ मन्त्री अर्यालले भनिन्, ‘ती कार्यमा संलग्न जनतालाई विशेष सहुलियतका कार्यक्रम ल्याउने, अनुदानमूलक, औजार उपलब्ध गराउने, सफ्ट लोनका कार्यक्रमहरू अगाडी बढाइने छन् ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्