काठमाडाैं, २३ फागुन । राजधानीको मखनमा बिहीबार दिउँसो केही घरमा आगलागी भएको छ।
जुद्ध वारूण यन्त्र बसन्तपुरकाअनुसार बिहान १२ बजेतिर मखनको सानो पशुपति जाने बाटोको एक घरबाट आगलागी शुरु भएको थियो । समयमै नियन्त्रण गर्न नसक्दा त्यो आगो अरू घरमा पनि फैलिएको थियो। अहिले आगलागी नियन्त्रण गर्न चार वटा वारूण यन्त्र परिचालन गरिएको बताइएकाे छ।
घटनाको सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ।



लाेकपाटी न्यूज

