कपिलवस्तु, २३ फागुन । कपिलवस्तुमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गरेको छ ।
बिहीबार बिहान प्रहरीले विप्लवका कार्यकर्तामाथि गोली प्रहार गरि आधुनिक हतियार समेत बरामद गरेको हो । प्रहरीको गोली लागेर शिवराज नगरपालिका-९, का नेकपाका कार्यकर्ता दुर्गबहादुर रोका घाइते भएका छन् । उनको घरमा हतियार रहेको सूचनाका आधारमा खानतलासी गर्न प्रहरी पुगेपछि उनी भाग्न खोज्दा प्रहरीले गोली चलाएको बताएको छ ।
रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, ३ थान म्यागजिन र एउटा चाइनिज पेस्तोल बरामद गरेको छ । प्रहरीले घटनाको पुष्टि नगरे पनि प्रत्यक्षदर्शीले रोकाको खुट्टामा गोली लागेको बताएका छन् । उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।



लाेकपाटी न्यूज

