काठमाडौं, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना दुईजना नेताको सम्झनामा बिहीबार काठमाडौंमा संयुक्त श्रद्धान्जली सभा गर्ने भएको छ ।
नेकपाले विहिबार दिउँसो पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको सम्झनामा भृकुटीमण्डपमा श्रद्धान्जली सभा गर्न लागेको हो । दिउँसो १ बजेदेखि सुरू हुने श्रद्धान्जलीसभामा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।
पूर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको गएको शनिबार ८२ वर्षको उमेरमा निधन भएको थियो भने पर्यटनमन्त्री रवीन्द्र अधिकारीको यही फागुन १५ गते ४९ वर्षको उमेरमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परि निधन भएको थियो । ताप्लेजुङ दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाले ज्यान गुमाएका थिए । नेताद्वयको सम्झनामा नेकपाले देशका विभिन्न ठाउँमा पनि श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।



लाेकपाटी न्यूज

