प्रहरी चनाखो भए नागरिकले सुख पाउँछन् : महानिरीक्षक खनाल

Sarbendra khanal
लाेकपाटी न्यूज

कैलाली, २२ फागुन। नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप कैलालीको धनगढीमा मंगलबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महत्वपूर्ण र विशेष भूमिका निर्वाह गर्न गोष्ठीले भूमिका निभाउने चर्चा गर्दै गोष्ठीमा भएको छलफल, अन्तरक्रिया, प्रस्तुतीकरण सबैका लागि फलदायी हुने विचार व्यक्त गरे। गोष्ठीका उपलब्धिलाई सदुपयोग गरी सबै सुरक्षा निकायका अङ्गहरू देश निर्माणमा जुट्नुपर्नेमा उनले जोड दिए।

शान्ति सुरक्षा, अपराध अनुसन्धान, विपद व्यस्थापन लगायतका कार्य सँगैसँगै सुशासनमा पनि सुरक्षा निकायहरू सुझबुझका साथ आफ्नो तर्फबाट जुटनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले गोष्ठीका निष्कर्षले यसबारे नीति निर्माण तथा तल्लो तहसम्म साझा धारणा बनाउन सहज हुने बताए।

अपराध अनुसन्धान सम्बन्धि महत्वपूर्ण तथ्यगत प्रस्तुतीकरण गर्दै प्रहरी महानिरीक्षक खनालले कर्तव्य ज्यान, जबरजस्ती करणी, अपरहण, लागूऔषध, हातहतियार, मावन बेचबिखन जस्ता जघन्य अपराध नियन्त्रण तथा अभियुक्त पक्राउ गर्न नेपाल प्रहरीले विशेष अभियान चलाएको बताए।

यसका लागि सबै सुरक्षा निकायले समान धारणा बनाई सक्रियता बढाउनुपर्नेमा उनले जोड दिए। समाजका कुनै पनि गतिविधिमा सुरक्षा निकायले ध्यान केन्द्रित गरे नागरिकले सुख पाउने धारणा समेत उनले व्यक्त गरे।

गोष्ठीमा प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती र त्यसका समाधानका उपाय एवं आगामी कार्यक्रम लगायत विविध विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो।

गृह सचिव प्रेमकुमार राईको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी थिए ।

कार्यक्रममा गृह मन्त्रालय शान्ति सुरक्षा महाशाखा प्रमुख रामकृष्ण सुबेदी, गृह मन्त्रालय विपद व्यवस्थापन महाशाखा प्रमुख ईन्दु घिमिरे, सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरु, उक्त प्रदेश अन्तर्गतका ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा प्रमुखहरु लगायतको सहभागिता थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्