कार्कीको एकल सहयोगमा बाढी पीडितहरुको लागि ६ घर निर्माण

Chitra Karki
लाेकपाटी न्यूज

काठमाडौं, २२ फागुन । जापानमा प्रवासी जीवन बिताइरहेका कृष्ण कार्कीको एकल सहयोगमा झापा र मोरङको सिमानामा पर्ने रतुवामाई खोलाका बाढी पीडीतहरुका लागि ६ वटा घर निर्माण कार्य सम्पन्न भएको छ ।

बस्ती निर्माण अभियानले बुधवार रिपोर्टर्स क्लब नेपालमा गरेको पत्रकार सम्मेलनमार्फत योजना निर्माणसम्बन्धी जानकारी गराएको हो । आफ्नो ३४ औ जन्मदिनको अवसर पारेर पीडितको घर निर्माणमा चासो देखाएका समाजसेवी कार्कीले आफ्नो एकल लागत रु २० लागतमा निर्माण भैरहेको उक्त योजनका बाँकि चार वटा घरको निर्माण कार्य पनि चाँडै सम्पन्न हुने अभियानको दाबी छ ।

कार्यक्रममा बोल्दै योजनाका संयोजक ई.चुडामणी कार्कीले शुरुमा बास्तविक पीडितको पहिचान गर्दा समय लागेको जानकारी गराए । पीडितमध्ये असक्त तथा जेष्ठ नागरिकलाई पहिलो प्राथमिक्तामा राख्न खोज्दा स्थानीय राजनैतिक समुहको दबावका कारण दश वटै घर निर्माणमा समस्या भएको उनको गुनासो छ ।

यो वर्षको बर्षा शुरु हुनुपूर्व नै उक्त योजना सम्पन्न गर्ने अभियान रहे पनि स्थानीयहरुको अवरोध तथा दबाबका कारण समय लम्बिएको पनि उनको भनाई छ । स्थानीय परिवेश अनुसारकै घर निर्माणमा लागेको जानकारी गराउदै उनले बन्न बाँकी चार घरका बास्तविक पीडितहरुको छनौट भैसकेपछि निमार्ण कार्य शुचारु हुने पनि उनले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै योजनाका संयोजक तथा उल्टो बाईक चलाएर मेची–महाकाली यात्रा सम्पन्न गरि गिनीज बुकमा नाम लेखाउन सफल चित्र कुमार कार्कीले योजना निर्माण स्थलमा बिभिन्न समस्याहरु रहेको जानकारी गराए ।

अहिले बाढीले बस्ती बगाएसँगै गाँउभरिमा एकमात्र खानेपानीको धारा रहेकाले शुद्ध पिउने पानीको अभाव देखिएको बताएका छन ।

बस्ती निर्माणपूर्व त्यहाँको स्थिति सोमालिया र युगाण्डाको झल्को दिने किसिमको रहेको दाताको सहयोगबाट पिडीतहरुले आफ्नो बासस्थान पाएकोमा उनले खुसि ब्यक्त गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै स्थानीय राम गुरुङले बस्ती निर्माणपुर्व त्यहाँको अवस्था निकैनै दयनीय रहेकोे जानकारी गराए । उनले भने, ‘अहिले गाँउको पुनःनिर्माणले पीडितहरुको घाउँमा मलमको काम गरेको छ ।’ निर्वाचनमा आफुले जितेको क्षेत्रको बिकासमा निर्वाचित जनप्रतिनिधिले विकासको जिम्मेवारी लिनुपर्ने भएपनि प्रवासमा रहेरपनि सहयोग गर्ने कष्ण कार्कीप्रति उनले कृतज्ञता प्रकट गरेका थिए ।

बिराटनगरका स्थानीय कृष्ण कार्की हाल जापानमा बसेर नेपालमा बिभिन्न समाजसेवामा सक्रिय रहँदै आएका छन । केही समय अगाडि मात्र आमाको मृत्यु भैसकेपछि बाबुद्धारा सडकमा फालेर हिँडेका दुई जना जम्ल्याहा छोरीको शिक्षामा कक्षा १ देखि १२ सम्मको सम्पुर्ण पढाई खर्च उनले बिद्यालयको बैँक खातामा जम्मा गरिसकेका छन ।

कार्यक्रममा समाजसेवी कार्कीकी आमा नरमाया कार्कीको उपस्थिति रहेको थियो । चैत २ गते एक औपचारिक कार्यक्रमको आयोजना गरेर बस्ती हस्तान्तरणको कार्य सम्पन्न गर्ने योजनामा निर्माण समुह रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्