काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा विरोधी मोर्चाको आज गोप्य बैठक बसेको छ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पार्टीमा सभापति देउवाको एकलौटी निर्णयको विरोधमा देउवा विरोधी मोर्चाको गोप्य बैठक बसेको हो ।
उक्त बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, अर्जुन नरसिंह केसी, रामशरण महत, बलबहादुर केसीलगायतको उपस्थिति रहेको जनाइएको छ ।
सभापति देउवाले पार्टीमा रहेको गुट उपगुट अन्त्य गर्न शशांक कोइरालासँग आग्रह गरेका भोलिपल्ट कांग्रेसका युवा नेताहरुले गोप्य भेला गरेका छन् । उनीहरुको यो भेलालाई अर्थपूर्ण रुपमा हेरिएको छ । बैठकले के कस्ता निर्णय गर्यो भनेर चाँही खुलाइएको छैन ।



लाेकपाटी न्यूज

