देशमा चार समस्या रहेको जनसंवाद यात्राको निष्कर्ष

Baburam-Bhattarai-1
लाेकपाटी न्यूज

काठमाडौं, २२ फागुन । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नो एक महिने जनसंवादका क्रममा आफुले मुख्य गरी चारवटा समस्या पहिचान गरेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराइले देशमा बेरोजगारी, बसाइँसराइ, संघीयता कार्यान्वयन र कर्मचारी अभाव जस्ता समस्या भेटिएको बताएका हुन् ।

उनले बेरोजगारीका कारण बसाइँसराइ भइरहेको आफ्नो ठहर रहेको उल्लेख गरे । उनले नयाँ शक्ति नेपालको एक महिने जनसंवाद यात्राका क्रममा एउटा क्याम्पसमा ९८ प्रतिशत महिला मात्रै रहेको पाएको भन्दै संघीयता कार्यान्वयनको समस्या पनि सबै स्थानीय तहमा देखा परेको बताए ।

प्रदेशको र राजधानीको नामाकरणप्रति पनि जनताको गुनासो रहेको उल्लेख गर्दै उनले जनताका समस्या सम्बोधन गर्न सरकार र सम्बन्धित निकायको ध्यान जानुपर्नेमा सबैलाई ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्