‘दण्ड दिनोस्, भोग्न तयार छु, तर द्वन्द्व व्यवस्थापन गरौँ’

Dr- Baburam Bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, २२ फागुन । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन गरेर अघि बढ्नु पर्ने बताएका छन् ।

बुधबार संघीय संसदलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सहमतिबाट संविधान संशोधन गर्नु पर्ने बताएका हुन् । विप्लव समुह, मधेस तथा पूर्व लिम्बुआनका युवाहरुको संविधानका कारण असन्तुष्टि व्यापक बढेको प्रसंग कोट्याउँदै उनले उनीहरुको गुनासो सम्बोधन गर्नुपर्ने बताए ।

पूर्वमा लिम्बू युवादेखि मधेससम्म असन्तुष्टि बढिरहेको अवस्थामा सम्बोधन नगरे यसले ठूलो रुप लिनसक्ने उनको भनाइ छ । यस्तै उनले द्वन्द्ध व्यवस्थापनको काम सम्पन्न गर्न पनि सरकारलाई सुझाव दिएका छन् । यसको काम रोकिदा समृद्धि र विकासको बाटोमा अवरोध ल्याउने भन्दै द्वन्द्ध व्यवस्थापनको काम चाँडै सम्पन्न गर्नुपर्ने बताए ।

उनले भने, ‘फरगिभ एन्ड फर्गेटको आधारमा अघि बढ्नुपर्छ । यसको विकल्प पनि छैन । कसलाई दण्डित गर्नुपर्छ गरौँ । साथीहरुलाई अझै रिस बाँकी छ भने दण्डित गर्नुहोस्, म दण्डा भोग्न तयार छु । तर यसले समृद्धिको बाटो छेकेको छ ।’

डा. बाबुराम भट्टराईले राजनीतिक पद्धत्तिमै परिवर्तन गर्नुपर्ने पनि औंल्याए । प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने पनि उनको तर्क छ । साथै विश्व पुँजीवादमा प्रवेश गरिसकेको अवस्थामा नेपालले पनि आफूलाई प्रतिष्पर्धी बनाउनुपर्ने उनको भनाइ छ ।

उनले भ्रष्टाचार रोकथाम, परराष्ट्र नीतिमा चुस्तता लगायत कुरामा सरकारले नयाँ निकाय बनाएर गम्भीर भएर काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्