काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका लागि शिक्षण अस्पताल भर्ना भएका हुन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानुपर्ने भएपनि समय नमिलेकाले त्रिवि शिक्षण अस्पताल गएको प्रधानमन्त्रीका सञ्चार सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । उनले भने, अस्पताल भर्ना भएको भन्दा पनि नियमित चेकजाँचका लागि आउनु भएको हो । दिनभर जस्तो लाग्छ होला ।’ प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा. दिब्या सिंहसहितको टोलीले चेकजाँच गर्नेछ ।



लाेकपाटी न्यूज

