काठमाडौं २२ फागुन । यातायात केन्द्रीय महासंघअन्तर्गत सञ्चालन हुने बसहरुमा पत्रकारले पनि विद्यार्थीसरह छुट पाउने भएका छन् ।
सिण्डिकेटरहित यातायात कम्पनीहरु मिलेर बनेको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सञ्चारकर्मीलाई महासंघ अन्तर्गत सञ्चालन हुने बसहरुमा विद्यार्थीसरह सहुलियत दिने घोषणा गरेका हुन् ।
बुधबार राजधानीको भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा भएको पत्रकार सम्मेलन तथा अन्तरक्रियामा महासंघका महासचिव गणेश उप्रेतिले १९ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गर्दै सो घोषणा गरेका हुन् । प्रतिबद्धता पत्रमा उपभोक्ताहरुलाई सुरक्षित, गुणस्तरिय, अत्याधुनिक र सर्वसुलभ यातायात सेवा दिने बुँदाहरु समेटिएको छन् । प्रतिबद्धता पत्रमा सिण्डिकेट हटाउनको लागि सरकार गम्भिर नभएको र दोहोरो भूमिका निर्वाह गरिरहेको पनि आरोप लगाइएको छ ।
सिण्डिकेटरहित यातायात सेवा दिन तत्पर व्यवसायीहरुलाई नै सरकारले असहयोग गरी गुमराहमा राख्नेजस्ता कार्य गरेको पनि महासंघले आरोप लगाएको छ ।



लाेकपाटी न्यूज

