अख्तियारद्वारा कार्यालयको निरीक्षण

लाेकपाटी न्यूज

पर्सा, २२ फागुन । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साका विभिन्न कार्यालयहरुको अनुगमन निरीक्षण गरेको छ ।

अनुगमन निरीक्षण गर्ने नियमित प्रकृया अनुसार र मालपोत कार्यालय पर्साका केही उजुरीहरु अख्तियारमा परेकोले अख्तियार दूरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौडाको टोलीले मंगलबार अनुगमन निरीक्षण गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा पनि आएर अख्तियारमा परेका केही कागपत्रहरु लिएर गएको अख्तियार अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौडाकी प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले पनि मालपोत कार्यालय पर्साको विरुद्धमा केही उजुरीहरु परेको र त्यसको कागजपत्र लिनका लागि अख्तियारको टोली आएको बताए ।

पछिल्लो समयमा पर्साको मालपोत कार्यालयमा भएको भ्रष्टाचार, अनियमितता, घुसखोरी प्रकरणले व्यापक चर्चा पाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्