‘आन्दोलन गर्ने शिक्षकले तलव पाउँदैनन्’

Teachers
लाेकपाटी न्यूज

रामेछाप । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले विद्यार्थीलाई पढाउन छोडेर शिक्षकहरुले आन्दोलन गरे तलब नपाउने चेतावनी दिएका छन्।

उनले शिक्षकले तलब लिएपछि राम्रोसँग पढाउनुपर्ने बताउदै विद्यालय नगएर आन्दोलनमा जानेमाथि कारवाही हुने चेतावनी दिएका हुन्। राहत र अस्थायी शिक्षकहरुमाथि सरकारले गरेको आन्दोनलाई सरकारले दमन गरेको भन्दै खाँडादेवी गाउँपालिका–८ रहेको भारती माविका राहात, अस्थायी, निजी स्रोत, बालकोटा र उच्च मावि तहका शिक्षकहरु पठनपाठन नै ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्।

जिल्ला शिक्षक महासंघका अध्यक्ष राम बहादुर श्रेष्ठ, केन्द्रीय महासंघ प्रतिनिधि देवराज तामाङको समेत सहभागिता आन्दोलमा उत्रिएका शिक्षकहरुले शिक्षकमाथि गरिएको दमन बन्द गर्न आन्दोलनरत शिक्षकहरुले माग गरेका छन्।

अध्यक्ष तामाङले संविधान अनुसार आधारभूत विद्यालय मावि विद्यालय स्थानीय सरकार मातहत रहेको बताउदै नियम कानुन विपरीत आन्दोलनको घोषणा गरेर पठनपाठन अवरुद्ध गर्नेमाथि कारवाही हुने बताए। उनले गाउँपालिका अन्तर्गतका सबै विद्यालयका प्रधानाध्यापकहरुलाई गाउँपालिकामा बोलाएको जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्