रवीन्द्र स्मृति प्रतिष्ठान बनाउने पत्नी विद्याको ईच्छा

Adhikari family
लाेकपाटी न्यूज

पोखरा, २१ फागुन । स्वर्गिय रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईले रवीन्द्र स्मृति प्रतिष्ठान बनाउने इच्छा रहेको बताएकी छिन् । उनले यस्तो विचार आफुहरुको आएपनि पार्टीसग सरसल्लाह गरेर यसविषयमा निर्णय लिने जानकारी गराइन् ।

गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको श्रद्धान्जली सभामा बोल्दै उनले भनिन्, ‘ रवीन्द्र स्मृति प्रतिष्ठान बनाउनुपर्छ कि भनेर एकप्रकारको सोच हामीलाई लागेको छ, हामी पार्टी र नेताहरुसग सरसल्लाह गरेर मात्र ति कामहरु अगाडी बढाउने छौं ।’

उनले परिवारले मात्र नभई सिंगो देशले रविन्द्रको अभाव व्यहोरिरहेको बताइन् । उनले दुर्घटना अकल्पनिय भएको भन्दै रविन्द्र अधिकारीको सपना र विचारलाई पार्टीले बोकेर अगाडी बढ्ने विश्वास समेत व्यक्त गरिन् ।

स्व. अधिकारीकी पत्नी विद्याले भनिन्, ‘अब हामीले गुमेको कुरालाई भन्दापनि उहाँको विचार र उहाँले व्यक्त गरेका उहाँका अभिलासा, उहाँका उदेश्यहरुलाई पुरा गर्नका लागि सिंगो पार्टी र सरकार लागोस् ।’ उनले अधिकारीप्रति सम्मान व्यक्त गर्ने सबै पार्टी, जनता, तीनवटै सुरक्षा निकाय सबैप्रति आभार समेत प्रकट गरिन् ।

गत फागुन १५ गते पर्यटनमन्त्री समेत रहनु भएका अधिकारीसहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा परि निधन भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्