काठमाडौं, २१ फागुन । ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईले दुर्घटनामा एक असल साथी गुमाएको बताएकी छिन् ।
उनले भनिन्, ‘सहकार्यदेखि प्रेम र विवाहसम्म स् रवीन्द्र अधिकारी सरकारात्मक सोच भएको, अरुको दुःखमा साथ दिन खोज्ने, देशलाई माया गर्ने इमान्दार व्यक्ति हुनुहुन्थ्यो । उहाँ आफ्नो छोराको असल बाबा हुनुहुन्थ्यो । आफ्नो बाबाको असल छोरा हुनुहुन्थ्यो । म उहाँलाई श्रीमान् भन्दिनँ । मैले दुर्घटनामा एक असल साथीलाई गुमाएकी छु ।’
उनले आफुहरुकोे भेट०५० मा भएको स्मरण गरिन् । त्यस वर्षको अन्तिममा हेटौँडामा अनेरास्ववियुको सम्मेलन भयो । उनी बागमतीबाट प्रतिनिधि थिइन भने अधिकारी गण्डकीबाट । सम्मेलनमा उनीहरु दुबै निर्वाचित भएका थिए ।
‘त्यसैबेलादेखि आन्दोलन र संगठनमा भेटघाटले निरन्तरता पायो । सांगठनिक सहयात्रा थियो । आपसमा पनि नजिक हुन थाल्यौँ, ‘बिस्तारै हाम्रो स्वभाव मिल्ने जस्तो देखिन थाल्यो । हामी दुईबारे संगठनमा समेत चर्चा हुन थाले । यो जोडी विवाह गर्दा राम्रो हुन्छ भनेर साथीहरुले सल्लाह पनि दिन थाले । तर, हामी बिहेबारे सोचिसकेका थिएनौँ । चर्चा हाम्रो घरसम्म पुगेछ । दुवैको घरमा सल्लाह पनि भएछ । घरमा यस बारे सामान्य सोधपुछ भयो । यसलाई मेरै जिम्मा छाडिदिनुस् भनिदिएँ । उहाँहरुले सहज रुपमा लिनुभयो ।’
परिवार र साथिहरुको संयोजनमा औपचारिक कुराकानी भयो । सबैको सल्लाहपछि ०५६ साल असार ६ मा उनीहरुले विवाह गरे ।



लाेकपाटी न्यूज

