काठमाडौं, २१ फागुन । आज देशको पहाडी भूभागमा मौसम आंशिक ठाउँमा सामान्य बदली रहने र बाँकी भू–भागमा बदली नरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपरान्हपछि देशको पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको जनाइएको छ ।
यस्तै राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । पूर्वी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको महाशाखाको पूर्वानुमान रहेको छ ।
त्यसैगरी भोलि बुधबार पूर्वी भागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
यसैगरी बिहीबार पहाडी भेगमा बदली र अन्य क्षेत्रमा मौसम सफा रहने जनाइएको छ ।



लाेकपाटी न्यूज

