काठमाडौं, २१ फागुन । सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका परिवारलाई भेटेका छन् ।
सोमबार दिउँसो वालुवाटारस्थित आङछिरिङको घरमा पुगी उनले शेर्पा परिवारलाई सान्त्वना दिँदै धैर्यधारण गर्न आग्रह गरेका हुन् । आङछिरिङको निधनले पर्यटन र हवाइ क्षेत्रमा निकै ठूलो क्षति भएको भन्दै सभामुख महराले देशलाई उनको अभाव सँधै खट्किरहने बताए ।
पछिल्लो समय नेपालमै पाइलट ट्रेनिङ सेन्टर खोल्ने विषयमा आङछिरिङ र आफूले छलफल गरिरहेको स्मरण गर्दै उनले भने,‘ दाङमा पाइलट ट्रेनिङ खोल्छु भनेर आङछिरिङले मलाई भनेका भन्नुभएको थियो ।’
सभामुख महराले आङछिरिङकी श्रीमती, दाजु र छोरालाई धैर्यधारण गर्न र कठीन परिस्थितिको सामना गर्न अनुरोध गर्दै समवेदना व्यक्त गरेका हुन् ।



लाेकपाटी न्यूज

