भरतपुर, २० फागुन । सिताराम कट्टेल ‘धुमुस’ भरतपुर गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णस्थलमा कामदारहरुसँगै काम गरिरहेका देखिए ।
रंगशाला निमार्णस्थललाई जस्ताले घेर्न फलामका खम्बा राखिँदै थियो । मिस्त्री र कामदारहरू काममा लागिरहेका थिए । यतिकैमा एक युवक सिमेन्टको मसला बोक्न थाले । ती थिए टेलिभिजन पर्दामा देखिने कालाकार सिताराम कट्टेल धुमुस ।
अन्यकामदारहरु उनलाई मसला बोक्न कस्सिएको देख्दा अचम्ममा परे । टिभिमा देखिने मनपर्ने कलाकारसँग सिमेन्टको मसला देख्न पाउदा उनीहरु दङ्ग परे ।
उनी रङ्गशाला निमार्णस्थल निरीक्षणका लागि त्यहाँ पुगेका थिए । उनले निमार्ण प्रगतिबारे जानकारी लिए । उनी रंगशाला बन्ने कुराले उत्साहित स्थानीयबाट घेरिएका थिए ।
उनले स्थानीयलाई रंगशाला निमार्ण सबै नेपालीको सपना भएको भन्दै आफ्नो स्थानबाट सबै लाग्न आग्रह गरे । उनले आर्थिक सहयोग गर्न नसके पनि श्रमदान गर्न सकिने भन्दै स्थानीयलाई सक्रियता बढाउन आग्रह गरेका थिए । ‘म तपाईहरूसँगै ईटा बोक्ने हो, भारी बोक्ने हो’, उनले भने ।भरतपुर महानगरपालिका–१६ स्थित शान्ति चोकमा रंगशाला निमार्ण गर्न लागिएको छ ।
रंगशाला निमार्णमा खटिने कामदारका लागि आवास र सामान राख्न गोदाम बनाउन लागिएको छ । रंगशालाको साइट अफिस स्थापना गरिएको छ । निमार्ण स्थलमा विभिन्न संघसंस्थाले श्रमदान समेत गर्न थालेका छन्। अहिले निमार्णस्थलको लागि छुट्टाइएको जग्गालाई घेर्न लागिएको छ ।
धुर्मुसले रंगशालाको गुरूयोजना र डिजाइनको काम अगाडी बढेको र अहिलेसम्म साढे पाँच करोड सहयोग संकलन भएको बताए । ३५ विधाका खेलका लागि एकेडेमी सञ्चालन गर्ने उद्देश्यले रंगशाला निमार्ण गर्न लागिएको उनको भनाइ थियो ।



लाेकपाटी न्यूज

