अब अरुको नाममा निकालिएको सिमकार्ड चलाउन नपाइने

Nepal telecom
लाेकपाटी न्यूज

काठमाडौं, २० फागुन । नेपाल दूरसञ्चार प्राधिकरणले अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइनेगरीे कार्यविधि तयार पारेको छ ।

‘ई–केवाईसी सिस्टम’ को कार्यविधिमा प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्ने व्यवस्था गर्न लागेको हो ।

अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गरी आपराधिक क्रियाकलाप गर्ने प्रवृत्ति बढेको भन्दै प्रधानमन्त्री कार्यालयबाट गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न ई–केवाईसी सिस्टम लागु गर्न लागेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्राधिकरणले ई–केवाईसी सिस्टम ल्याउन लागको छ । सिमकार्ड दुरुपयोग गर्ने, एउटैको नाममा धेरै सिमकार्ड लिनेजस्ता प्रवृत्ति रोक्न ई–केवाईसी सिस्टम ल्याउन लागिएको अर्यालले बताए । उक्त प्रणालीको पहिलो चरणमा कार्यविधि तयार भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्