ललितपुर, १९ फागुन । ललितपुरको लगनखेलमा एक दिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं ५ को स्वास्थ्य कार्यान्वयन समितिको आयोजनामा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
ललितपुर महानगरपालिका समाज कल्याण महाशाखा अन्तर्गत जनस्वास्थ्य शाखा र पाटन प्याथ ल्याबको संयुक्त सहयोगमा ललितपुर मलको पाटन पाथल्याबमा उक्त स्वास्थ्य शिविर अयोजना गरिएको हो ।
एक दिने स्वास्थ्य शिविर कार्यक्रम स्वास्थ्य शिविरमा होल बडि चेक अप र स्तन तथा पाठेघरको पानीको टेष्ट गरिएको थियो ।
महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले एक दिने स्वास्थ्य शिविरबाट धेरै युवती तथा महिलाहरु लाभान्वित भएको बताएका छन । अध्यक्ष श्रेष्ठले जन स्वास्थ्यसँग सम्बन्धित यस्ता कार्यक्रमहरुको आयोजनाले निरन्तरता पाउदै जाने बताएका छन् ।



लाेकपाटी न्यूज

