भरतमाेहनजीकाे स्वास्थ्यमा मिराकल हाेस् : प्रचण्ड

prachanda-2
लाेकपाटी न्यूज

काठमाडौं । जिवनका लागि अन्तिम संघर्ष गरिरहेका नेकपाका नेता भरतमोहन अधिकारीले पार्टी, देश, समाज र समृद्धिका लागि मिलेर अघि जान नेताहरुलाई सन्देश दिएका छन् ।

ह्याम्स अस्पतालमा उपचारारत नेता अधिकारीले भ्यान्टीलेटरमा राख्नुअघि आफ्नो अन्तिम सन्देश सुनाएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिए । 

शनिबार साँझ नेता अधिकारीले भेटेर बाहिरिदै गर्दा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले नेता अधिकारीमा मिराकल भएर फेरी विभिन्न अगंले काम गरेर निको हुन सक्ने समेत आशा व्यक्त गरे ।

थलिएका नेता अधिकारीका मुख्य अंगलहरुले काम गर्न छोडेको कुरा आफुलाई चिकित्सकहरुले बताएको जानकारी दिदै अध्यक्ष प्रचण्डले आफुहरु आशावादी रहेको बताएका छन् । प्रचण्डले पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता अधिकारीको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका छन् । 

अधिकारीको स्वास्थ्य अवस्था थप जटिल भएपनि नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरु ह्याम्स अस्प्तालमा पुगेका हुन् । यसअघि उपचारमा संलग्न चिकित्सकहरुले अधिकारीलाई बचाउन नसकिने भन्दै पत्रकार सम्मेलन गरेको थियो ।

त्यस लगतै अस्पतालमा नेता कार्यकर्ता शुभेच्छुक एवं आफन्तजनको भिड लागेको छ । अधिकारीको श्वासप्रश्वास रोकिएपछि उनलाई कृतिम श्वासप्रश्वास दिएर भेन्टिलेटरमा राखिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्