काठमाडौं, १८ फागुन । एमाले नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । उनको उपचारमा संलग्न चिकित्सकहरुले नेता अधिकारीलाई बचाउन सकिने सम्भावना एकदमै न्यून रहेको बताएका छन् । ‘हाम्रो सम्पूर्ण प्रयासका बाबजुद उहाँलाई बचाउन सक्ने सम्भावना न्यून देखिन्छ।’ अधिकारीको उपचारमा संलग्न चिकित्सकले शनिबार अपरान्ह विज्ञप्ती जारी गर्दै भनेका छन् ।
उनलाई कृत्रिम स्वासप्रस्वास दिएर भेन्टिलेरमा राखिएको उपचारमा संलग्न चिकित्सक डा. हेमराज पनेरुले जनाएका छन् । तीन हप्ता अगाडि नेता अधिकारी उपचारका लागि हेम्स हस्पिटलमा भर्ना भएका थिए ।



लाेकपाटी न्यूज

