कृषि नमुना गाउँ छनोटमा कुन–कुन परे ?

पि
लाेकपाटी न्यूज

काठमाडौं, १८ फागुन । कृषि नमूना गाउँका लागि स्याङ्जाबाट स्याङ्जा क्षेत्र नम्बर १ को (क) मा पर्ने विरुवा गाउँपालिका वडा नम्बर २ श्रीडाँडा अर्चल गाउँ र स्याङ्जा क्षेत्र नम्बर १ को (ख) मा पर्ने फेदीखोला गाउँपालिका वडा नम्बर २ तल्लो कुडुले तथा सोही गाउँपालिका वडा नम्बर १ रामकोट पनि छनौट भएका छन् ।

यसैगरी स्याङ्जा क्षेत्र नम्बर २ को (क) मा पर्ने भिरकोट नगरपालिका वडा नम्बर ८ स्थित ओकादी पञ्चासे र स्याङ्जा क्षेत्र नम्बर २ (ख) मा पर्ने चापाकोट नगरपालिका वडा नम्बर ५ सिमगाउँ पनि कृषि नमूना गाउँका लागि छनौट भएका छन् ।

त्यस्तै कृषि नमूना गाउँका लागि तनहुँबाट तनहुँ क्षेत्र नम्बर १ (क) मा पर्ने भानु नगरपालिका वडा नम्बर ११ बाँसखर्क, लामस्वाँरा तथा काफलस्वाँरा गाउँ र तनहुँ क्षेत्र नम्बर १ (ख) मा पर्ने आँबुखैरेनी–४ भागे गाउँ छनौट भएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्