पेटको बोसो मध्यमवर्गीय नेपालीको रोग नै हो। यसलाई शारीरिक र मानसिक तनाव दिन्छ। धेरैजसोको साझा चिन्ता हुन्छ पेटको बोसो कसरी घटाउने ? आउनुस् यसबारे केही कुरा जानौं।
पेटको बोसोलाई घटाउनका लागि प्राकृतिक तरिका अपनाउनु लाभदायक हुन्छ । पेट वरिपरिको बोसो घटाउने केही सजिला तरिकाहरु यसप्रकार छन्।
व्यायामः बिहानै हल्का व्यायाम गरौं। अथवा साइकिलिङ वा योगा गर्दा पनि हुन्छ। यसबाट सकारात्मक भाव आउनेछ र सकारात्मक सोच्ने क्षमता बढ्छ। बिहान नियमित व्यायाम गर्दा पेटको बोसो सजिलै नियन्त्रणमा आउँछ।
चिनीबाट टाढाः कम फ्याट भएको खाना खाने र चिनीबाट टाढा बस्ने मानिसहरु अरुभन्दा बढी फिट हुन्छन्। एक चम्चा चिनीमा १६ क्यालोरी हुन्छ। यसले सजिलै मेटाबोलिज्मबाट शरीरले उर्जा प्राप्त गर्छ। त्यसैले चिनीको सन्तुलित प्रयोगले मोटोपन बढ्दैन। तर, चिनीबाट बनेका मिठाई, जस्तै जेरी, लड्डु, आदि अत्यधिक सेवनले मोटोपना बढाउँछ।
फाइबरयुक्त खानाः पेटमा जम्मा भएको मासु फाइबरयुक्त खानाले कम गर्छ। फाइबरयुक्त खाना खानुभयो भने लामो समयसम्म भोक लाग्दै। यसले पेटको पाचन पनि ठीक राख्छ।
ड्राइफ्रुट्सः ड्राइफ्रुट्सको मद्दतले २८ दिनभित्र आफ्नो वजन कम गर्न सकिन्छ। यसमा रहेको मोनोसस्यूट्रेटेड फ्याटबाट शरीरमा इन्सुलिनको स्तरमा सुधार हुन्छ र शरीरमा रहेको फ्याट बिस्तारै बिस्तारै कम हुन्छ।
सुत्नुअघि नुहाउनेः प्राय मानिसहरु बिहान नुहाउन रुचाउँछन्। तर, राति सुत्नुअघि नुहाउनु पनि उत्तिकै महत्वपूर्ण छ। यसो गरेमा मिठो निद्रा लाग्छ । मिठो निद्राले पनि वजन धेरै हदसम्म कम गर्न सकिन्छ। नुहाउँदा २७५ सम्म क्यालोरी बर्न हुन्छ।
प्रोटिनः प्रोटिनले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउँछ। प्रोटिनको सेवन गर्दा लामो समयसम्म भोक लाग्दैन। प्रोटिनयुक्त खानेकुराहरु जस्तै चीज, मुङको दाल, पनीर, अन्डा र मिट नियमित सेवन गर्नु राम्रो हुन्छ।
हरियो सागः अध्ययनहरुले पुष्टि गरेका छन् कि हरियो सागपातमा क्यालोरी कम हुन्छ। कम क्यालोरीले गर्दा यसको सेवनले मोटोपन बढ्दैन। हरियो सागमा भुरपुर फाइबर हुन्छ जसले गर्दा पाचन राम्रो हुन्छ।
तनाव घटाउनेः तनावले हाम्रो शरीरमा धेरै प्रकारका समस्याहरु पैदा गर्छ। तनावका क्रममा निस्कने हार्मोन्सले शरीरको कर्टिसल लेभल बढाउँछ, जसले गर्दा फ्याट जम्मा हुन्छ। कर्टिसल लेभल बढ्दा भोक पनि धेरै लाग्छ र पेटमा बोसो थुप्रिन्छ। त्यसैले हरेक दिन पर्याप्त निदाउनु र तनावमुक्त रहनु आवश्यक छ।
स्याउ खानुस्ः स्याउ हाम्रो स्वास्थ्यका लागि एकदमै फाइदाजनक फल हो। प्रत्येक दिन एउटा स्याउको सेवन गर्दा डाक्टरबाट टाढा बस्न सकिन्छ। स्याउको बोक्रामा युर्सोलिक एसिड पाइन्छ, जसले पेटको बोसोलाई नियन्त्रण गर्छ।
चिया पिउनेः चिया जुनसुकै होस्, यसले फ्याट कम गर्न मद्दत गर्छ। ग्रीन टी होस् वा पिपरमिन्ट टी वा अन्फर्मेन्टेड ह्वाइट टी, सबैले पेटको बोसो घटाउन सघाउँछन्।
मनतातो पानी पिउनेः हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिउने गरौं। बिहानै कागती पानी पिउनाले पेटको बोसो कम हुन्छ। एक गिलास तातो पानीमा एउटा कागती निचोर्नुपर्छ र अलिकति नून मिलाएर पिउनुपर्छ। यसबाट चाडै मोटोपना घट्छ।
काँक्रोः बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस्। यो पेटका लागि धेरै लाभदायी छ। यो सेवनका कारण धेरै खाना खानबाट जोगिन सकिन्छ नै, यसले पेटको झाडुको काम पनि गर्छ।, जसले गर्दा बिस्तारै बोसो कम हुन्छ।
धनियाँको जुसः यसमा क्यालोरी निकै कम पाइन्छ भने एन्टीअक्सिडेन्टको मात्रा धेरै हुन्छ। यसको प्रयोगबाट अरु कुनै समस्या आउँदैन। यसले किड्नी ठीक राख्नसमेत सघाउँछ।
एलोभेरा जुसः एलोभेरा जुस धेरै बिरामीका लागि उपयोगी ठानिन्छ। दिनमा एक कप यसको जुस पिउँदा पेटको बोसो कम हुन्छ। यसले कोलेस्ट्रोलको समस्या पनि घटाउँछ।
ग्रिन टीः ग्रिन टीमा एन्टिएक्सिडेन्ट्स हुन्छ। पेटको बोसो घटाउन भने विना चिनीको ग्रिन टी पिउँदा फाइदा हुन्छ। यसले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्न पनि सघाउँछ। त्यसैगरि कागती मिसाएर खाँदा टक्सिनबाट पनि छुट्कारा मिल्छ।
अदुवाको रसः प्रतिदिन एक चम्चा अदुवाको रस पेट कम गर्नका लागि धेरै सहयोगी हुन सक्छ। यसले शरीरको बोसोसमेत बर्न गर्न सघाउँछ।
दालचिनीः यदि तपाईंसँग तौल घटाउनका लागि धेरै दिन छैन भने दालचिनीको उपाय तपाईंका लागि फाइदाजनक हुनेछ। बिहानको नास्ताभन्दा पहिले र सुत्नुभन्दा पहिले यसको प्रयोग गर्न सक्नुहुन्छ। एक कप पानीमा एक चम्चा दालचिनी पाउडर मिसाउनुहास्, यो पेयलाई दैनिक दुई पटक पिउँदा केही दिनमा नै असर देखिनेछ।
ओमेगा थ्रीले भरपुर खानेकुराः तोफु, पालुङ्गो, चिज, ओखर, अण्डालगायतमा ओमेगा थ्री तत्व पाइन्छन्। यसले तपाईंको शरीरमा जमेको अतिरिक्त बोसोलाई हटाउन सहयोग गर्दछ।
केराः यदि तपाईंलाई फास्ट फुड खाने लत लागेको छ, तर खान छोड्न चाहनुहुन्छ भने आजदेखि नै केरा खान सुरु गर्नुहोस्। केरामा भरपुर मात्रामा पोटासियम पाइन्छ। यसले फास्ट फुडको लतलाई कम गर्दछ, जसले तौल कम गर्न सहयोग गर्दछ।
पुदीनाः एक कप मनतातो पानीमा पुदीनाका केही पात हाल्नुहोस्। तपाईं चाहनुहुन्छ भने यसमा केही मह पनि मिसाउन सक्नुहुन्छ। पेटको बोसो कम गर्न पुदीना यो उपाय निकै प्रभावकारी हुन्छ।
कागती पानीः दिनको सुरुवात कागती पानीबाट गर्नुहोस्। पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ। तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस्। यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ।
खैरो चामलको भातः यदि तपाईं भात खानमा सौखिन हुनुहुन्छ भने सेतो चामलबाट टाढा रहनुहोस्, त्यसको स्थानमा खैरो चामलको भात खानुहोस्। यसका अलावा आफ्नो खानामा ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस्।
पानी धेरै पिउनुहोस्ः पेटको बोसो काम गर्न धेरै पानी पिउनुहोस्। यो निकै लाभदायी हुनेछ। नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ। यसबाट शरीर स्वस्थ रहन्छ।
काँचो लसुनः बिहान काँचो लसुन खाने बानी गर्नुहोस्। यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ। यसबाट मोटोपना घट्ने प्रक्रिया दुइ गुनाले हुन्छ। यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ।
मासुबाट टाढाः मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ। यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन्। यदि वास्तवमै तपाईं तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहारी भोजन गर्नुहोस्।
पाक प्रणालीमा परिवर्तनः खाना पकाउँदा तौल बढाउने खालका मसला पनि प्रयोग नगर्नुहोस्। दालचिनी, अदुवा तथा मरिचको प्रयोग खानामा अनिवार्य रुपमा गर्नुहोस्। यी मसाला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ।
बदामको प्रयोगः बदाममा भिटामिन ई तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ। यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ। यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन।



लाेकपाटी न्यूज

